काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ।बैंकले असार ६ गतेदेखि ‘८.५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ।
नेपाल धितो पत्र बोर्डले एनआईसी एशिया बैंकलाई ३० लाख कित्ता ऋणपत्र निस्कासन गर्न अनुमति दिएको छ । बोर्डले ८.५ प्रतिशत ब्याजदरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निस्कासन गर्न अनुमति दिएको बैंकले जनाएको छ ।
बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले सनराइज क्यापिटल लिमिटेड, बबरमहल, काठमाडाैँ, एनआईसी एशिया बैंक लिमिटेडकाे कर्पाेरेट कार्यालय र अन्य सम्पूर्ण शाखा कार्यलयहरू तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
उक्त ऋणपत्र खरीद गर्न इच्छुक लगानीकर्ताले असार ३ गतेबाट छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।
न्यूनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन फारम सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत प्राप्त गर्न तथा बुझाउन सकिन्छ ।
क्यापिटलका अनुसार ऋणपत्र खरिद गर्दा न्यूनतम २५ कित्ता र अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ ।