शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

युरोकप फ्रान्सले जित्ने दाबी

आइतबार, जेष्ठ ३० २०७८

काठमाडौं  । इंग्ल्यान्डका पूर्व डिफेन्डर ग्यारी नेभिलले फ्रान्सले युरोकप फुटबलको उपाधि जित्ने दाबी गरेका छन् ।

स्काई स्पोर्ट्ससँग कुरा गर्दै नेभिलले युरोकप फ्रान्सले जित्ने बताएका हुन् ।

डिडियर डेसच्याम्पको टिम सबै पक्षमा बलियो भएको कारण उपाधि जित्ने नेभिलको भनाई छ ।

‘टिमको अनुभव, विजयी मानसिकता, व्यक्तित्व उनीहरुसँग छ । गति, गोल, चलाख र बुद्धिमान ।  उनीहरु कुनैपनि प्रकारको खेल खेल्न सक्दछन्  । त्यो टिम हो फ्रान्सेली टिम हो,’ उनले भनेका छन् ।

कठिन समूहमा रहेको फ्रान्सले जर्मनीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दुई टिमबीचको खेल बुधबार हुनेछ ।

फ्रान्स रहेको समूह ‘एफ’मा जर्मनी, पोर्चुगल र हंगेरी रहेको छ ।

यस्तै नेभिलले यदि कुनै टिमले फ्रान्सलाई हराउँन सक्छ भने त्यो टिम च्याम्पियन बन्ने समेत बताए ।

युरोकप सुरुवात भएको ६० वर्षको उपलक्ष्यमा यस पटक युरोपको विभिन्न ११ शहरमा प्रतियोगिता संचालन भईरहेको छ ।