बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्ने 

आइतबार, जेष्ठ ३० २०७८

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्ने भएको छ । भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । 
जारी मिती असार एक गते तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको नौ अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब रुपैयाको रहेको छ । सो मध्ये ९१ दिने अवधिको ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ भदौ २९ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७९ साल जेठ ३१ गते तोकिएको छ ।  
यसअघि यही जेठ २४ गते पनि राष्ट्र बैंकले २४ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।