सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

नियन्त्रित लागूऔषध बरामद 

आइतबार, जेष्ठ ३० २०७८

महोत्तरी । गौशाला नगरपालिका–१ रामनगर वुर्जा टोलस्थित सडकबाट नियन्त्रित लागूऔषध १ सय एमएलको ६४ बोतल डाइलेक्स डिसी, १ हजार २ सय ६० ट्याब्लेट नाईट्राभेट र २ सय ६४ क्याप्सुल स्पास्मोप्रोक्सभिन शनिबार राति प्रहरीले बरामद गरेको छ । 
गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ ज.७ प २८६६ नम्बरको स्कुटरमा सवार २ जना अपरिचित व्यक्तिहरुले बोरा उखुबारीमा फालि फरार भएपश्चात उक्त लागूऔषध फेला पारी स्कुटर सहित बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।