बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भेनेजुएलाका खेलाडी र स्टाफ सहित १२ जनालाई कोरोना संक्रमण

आइतबार, जेष्ठ ३० २०७८

काठमाडौं  । कोपा अमेरिका खेल्न ब्राजिल पुगेका भेनेजुएलाका खेलाडी र स्टाफ गरि १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

उद्घाटन खेल अघि गरिएको परिक्षणमा खेलाडी र स्टाफ गरि १२ जनामा कोरोना देखिएको हो ।

कोरोना देखिएपछि उनीहरु होटलमा आईसोलेसनमा बसेको बताईएको छ ।

भेनेजुएलाका टिम शुक्रबार ब्राजिल आईपुगेका थिए ।

कोरोना संक्रमणकै कारण डिफेन्डर विलकर एन्जल र रोल्फ फेल्ट्सचर ब्राजिल आएका थिएनन् ।

कोपाको उद्घाटनमा सोमबार ब्राजिल र भेनेजुएला खेल्ने तालिका रहेको छ ।

तर, भेनेजुएलाका १२ खेलाडी र स्टाफमा कोरोना देखिएपछि खेल हुनेमा अन्योलता देखिएको छ ।