शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

युरोकप : लुकाकु चम्किदा बेल्जियमको सानदार जित

आइतबार, जेष्ठ ३० २०७८

काठमाडौं । बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३-० गोल अन्तरले पराजित गर्दै बेल्जियमले सुखद सुरुवात गरेको हो ।

सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे ।  यस्तै थोमस मुनिएरको नाममा एक गोल रह्यो   ।

खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

गोलपछि लुकाकुले आफ्नो गोल खेल दौरान हृदयघात भएर अस्पताल भर्ना भएका इन्टर मिलानका सहकर्मी तथा डेनमार्कका क्रिस्टियन एरिक्सनलाई समर्पण गरे ।

bel2.JPG

फिनल्याण्डविरुद्धको खेल दौरान अचेत भएका एरिक्सन खतरामुक्त रहेको बताईएको छ  ।

खेलको ३४ औं मिनेटमा थोमसले गोल गर्दै बेल्जियमलाई २-० को अग्रता दिलाए  ।

त्यसपछि खेलको ८८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३-० को जित दिलाए । उनले मुनिएरको पासमा गोल गरेका हुन् ।

बेल्जियमका लागि लुकाकुको यो ६२ औं गोल हो ।

जितसँगै बेल्जियमले युरोकपको पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

समूह ‘बी’ मा रहेको बेल्जियम शीर्ष स्थानमा रहेको छ ।

रुसले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । रुस पुछारमा रहेको छ ।

यस समूहमा ३ अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा रहेको छ ।

डेनमार्क अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ ।

 

lukaku.JPG

00.JPG

lukaku1.JPG

belz4.JPG

0.JPG

belgium.JPG

bel3.JPG

bel1.JPG