काठमाडौं । सिभिल बैंकले प्रमुुख कार्यकारी अधिकृतमा पदमा सुनिल कुमार पोखरेललाई नियुक्त गरेको छ । सञ्चालक समितीको यही जेठ २७ गते बसेको तीन सय ४५ औं बैठकले पोखरेललाई आगामी चार बर्षको लागि प्रमुुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैंकले जानकारी दिएको छ । बैैंकका अनुसार नवनियुक्त प्रमुख कार्यकारी पोखरेलको कार्यकाल यही असार १८ गतेबाट सुरु हुने छ ।