शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कोपा अमेरिका खेल्ने ब्राजिलको टिम घोषणा

बिहिबार, जेष्ठ २७ २०७८

एजेन्सी । कोपा अमेरिका फुटबल खेल्ने ब्राजिलको टिम घोषणा भएको छ ।

ब्राजिल फुटबल कन्फेडेरेसनले कोपा अमेरिकाका लागि २४ सदस्सीय टिमको घोषणा गरेको हो ।

कोपा अमेरिका ब्राजिलमै आयोजना हुँदैछ ।

यस अघि कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा संयुक्त आयोजना हुने तय थियो ।

तर,कोरोना महामारीको कारण प्रतियोगिता ब्राजिलमा सारिएको हो ।

प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ ।

उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलासँग प्रतिस्पर्धा गर्नेछ ।

brazil team.JPG