शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

राष्ट्र बैंकले जारी गर्यो विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली 

मंगलबार, जेष्ठ २५ २०७८

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गरेको छ । यो व्यवस्था अनुसार बिदेशी लगानीको लागि राष्ट्र बैंकको स्वीकृती अनिवार्य नहुुने भएको छ । आज मंगलबार बिदेशी लगानी व्यवस्थापन सम्वन्धी बिनियमावली जारी गर्दे उक्त व्यवस्था कार्यान्वयनमा ल्यााएको राष्ट्र बैंकले निर्देशन दिएको छ । 

यस अन्र्तगत विदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजाने, विदेशी ऋणको स्वीकृति, विदेशी ऋणबापत विदेशी मुद्रा भित्र्याउने तथा सो को लेखांकन गर्ने र विदेशी ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि विदेशी मुद्राको सटही प्रदान गर्ने लगायतका विषयहरूलाई व्यवस्थित तथा सहजीकरण गरी विदेशी लगानी आकर्षित गर्न एवम् आर्थिक क्रियाकलापहरू सहजरूपमा सञ्चालन हुने वातावरण सिर्जना गर्न वाञ्छनीय भएकोले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी यो बिनियमावली जारी गरिएको हो, राष्ट्र बैकले भनेको छ ।  

विदेशी लगानी हुने कम्पनी तथा उद्योगमा कम्पनी तथा उद्योगको दर्ता लगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्व सञ्चालन खर्च बापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानीकर्ताले बैंकिङ्ग प्रणालीमार्फत नेपाल पठाउन अथवा भित्र्याउन विदेशी लगानीको पूर्व स्वीकृति वा राष्ट्र बैंकको स्वीकृति अनिवार्य हुने छैन । यस अन्र्तगत विदेशी लगानी हुने कम्पनी तथा उद्योगको कायम हुने चुक्ता पुँजीको तीन प्रतिशतमा नबढ्ने गरी लेखापरीक्षकबाट खर्च प्रमाणित गरे बमोजिम विदेशी लगानीमा गणना गर्न सकिनेछ र सोको लेखांकन विनियम ५ बमोजिम गराउनु पर्नेछ । तर, विदेशी लगानी हुन नसकेको खण्डमा वा विदेशी लगानीमा गणना भएको रकमभन्दा बढी रकम भएमा त्यस्तो रकम फिर्ता पठाउन सकिने छैन, राष्ट्र बैकले भनेको छ । 

 

Letter.JPG