बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रिय खाद्य बैंकको प्रमोर्टर शेयरमा अत्याधिक प्रतिबद्धता, असार मसान्तबाट शेयर बिक्रिहुने

मंगलबार, जेष्ठ २५ २०७८

काठमाडौं । राष्ट्रिय खाद्य बैकले प्रमोर्टर शेयरमा माग भन्दा बढी प्रतिवद्धता आएपछि शेयर बिक्रि सेवा असार मसान्तबाट बन्द गरिने भएको छ । २ अर्ब लगानी गर्ने गरी स्थापना भएको बैंकले लगभग आवश्यक पूजीँको निश्चितता भएकोले सो निर्णय गरेको हो । जेठका बाँकी दिन र असार महिनाभरी मात्रै बैकको प्रमोर्टर शेयर सदस्य बन्न सकिने बैकका अध्यक्ष शंकर उप्रेतिले बताए ।
बैकका अध्यक्ष उप्रेतिले भने–‘असार मसान्तसम्म इच्छुक हुनेहरु बैक समक्ष आउन अनुरोध छ । सो पश्चात शेयर खरिद गर्न नपाउनु हुनेहरुले दूई बर्षपछी आइपिओ भर्न पाउने छन् । हामी त्यहि ढंगले काम गर्दैछौ’ । ‘पोषिलो आहारका लागि दिगो कृषि’भन्ने नाराका साथ स्थापित बैंकले पोखरा, बाँके–बर्दिया र झापा–मोरङमा बृहत कृषि परियोजना सुरु गरिसकेको छ । स्थानिय कृषकहरुको सहभागितामा ती प्रोजेक्टहरु अघि बढाइएको  अध्यक्ष उप्रेतिले बताए । पहिलो चरणमा ती स्थानहरुमा स्थानिय जातका उन्नत धान रोप्ने काम भइरहेको उप्रेतिले  बताए ।

khadya bank (1).jpg

भmापा–मोरङमा करिव ५०० विघा र बाँके–बर्दिया–कास्की जिल्लामा झण्डै ४०० विघा जग्गा गरी झण्डै ९ सय विघा जग्गामा खाद्य बैंकले स्थानीयहरु सहितको सहभागितामा धान रोप्ने काम अघि बढाएको र अन्य जिल्लाहरुमा पनि जग्गा लिजमा लिने कामहरु भइरहेको अध्यक्ष उप्रेतीले जनाए । कोभिड १९ को कारण बंैकको गतिविधिमा ब्यापक संकुचन आएको बताउँदै अध्यक्ष उप्रेतिले भने–‘कोरोनाको दोश्रो लहर नआएको भए हामीले करिव २३ जिल्लामा खेतीपाती गर्ने तयारी थियो । कोरोनाले लक्ष्यमा बे्रक गर्यो’ ।

अध्यक्ष उप्रेतिका अनुसार यी परियोजनाहरु पाइलट प्रोजेक्टको रुपमा अघि बढाइनेछ । उनी भन्छन् ‘हामी आफैले उत्पादनको काम अघि मात्रै बढाउँदैनौ, किसानलाई पनि आधुनिक एवं व्यवस्थीत खेती प्रणालीमा समाहीत गर्दै लैजान्छौ । साथै हाम्रै उत्पादन प्रणाली, मल–बिउ प्रयोग गरेर गुणस्तरीय उत्पादन गर्ने कृषिकहरुका सबै उत्पादनहरु यसै बर्षबाट हामी खरिद पनि गछौ । ब्रान्डिङ गरेर यसै बर्षबाट त्यस्ता खाद्य वस्तु बजारमा ल्याँउछौ’ ।
राष्टिय खाद्य बैकमा हालसम्म पाँच सय ९० प्रमोटर शेयर सदस्य छन् । आवश्यक मापदण्ड पूरा गरी बैक छिट्टै सर्वसाधारणका लागि आइपिओमा जाने तयारीमा छ । कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैक स्थापना भएकोले बंैक मार्फत धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्दै किसानसँग सहकार्य गर्दै उत्पादन बढाउने अध्यक्ष उप्रेतीले बताए ।