काठमाडौं । नेपाल राष्ट्र बैकले एक अर्ब ७८ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्ने भएको छ । एक बर्षिय मुुद्धती निक्षेपकोरुपमा २०७८ असार एक गतेदेखि बिसं २०७९ असार एक गतेसम्मको लागि बैक तथा फाईनान्स कम्पनीहरुको संस्थापक निक्षेपमा उक्त लगानी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
लगानी गरिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि एक अर्ब ४२ करोड ४० लाख, बिकास बैंकहरुको लागि २६ करोड ७० लाख र फाईनान्स कम्पनीहरुको लागि आठ करोड ९० लाख रुपैयाँ लगानीको लागि प्रस्ताव आव्हान गरिएको छ । रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही जेठ २५ गते साँझ पाँच बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर प्रस्ताप पेस गर्नुपर्ने छ ।
लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुपर्ने प्रावधानहरु तोकिएकाछन ।
