शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

ब्याक भए राजेन्द्र महतो !

आइतबार, जेष्ठ २३ २०७८

काठमाडौँ l आफ्नो विवादास्पद अभिव्यक्तिले आलोचित भएका उपप्रधानमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालयको पदभार ग्रहणका क्रममा उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन लागिपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

मन्त्रीमा नियुक्त भएलगत्तै महतोले आफू बहुल राष्ट्रिय राज्यको पक्षमा रहेको अभिव्यक्ति दिएका थिए । त्यसपछि उनको चौतर्फी तीव्र आलोचना हुँदै आएको छ । एमालेको नेता माधव नेपाल खेमाले महतो अभिव्यक्ति प्रति आपत्ति जनाएको थियो ।

आलोचनाको केन्द्रमा आएपछि मन्त्री महतोले शनिबार विज्ञप्ति निकालेर आफ्नो भनाई बंग्याएर अतिरञ्जित गरिएको दाबी गर्दै राष्ट्रिय एकता र अखण्डतामा आफ्नो प्रतिवद्धता रहेको उल्लेख गरेका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन, ‘मेरो अभिव्यक्तिलाई बंग्यार र गलत अर्थ लाग्ने गरि प्रचार प्रसार भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मैले संविधानको धारा ३ मा उल्लेख भए बमोजिमको अभिव्यक्ति दिएको हो ।’

उनले वक्तव्यमा अघि भनेका छन्, ‘यो संविधानमा हाम्रा असन्तुष्टि सम्बोधन गर्न संशोधनको निम्ति गठित कार्यदलमा हाम्रा धारणा राख्ने नै छौँ । म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकता प्रति पूर्ण प्रतिवद्ध रहेको छु । यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस भन्ने प्रष्ट पार्न चाहन्छु ।’