शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

यस्तो थियो प्रधानमन्त्री ओली–सभामुख सापकोटा सम्बन्ध, के आइसब्रेक होला?

शुक्रबार, जेष्ठ २१ २०७८

काठमाडौं। प्रतिनिधि सभा विघटनको सिफारिसपछि सरकारविरुद्ध सर्वोच्च अदालतसम्म पुगेका सभामुख अग्नी सापकोटा अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीसँग झुकेका छन्।

प्रतिनिधि सभा पुनःस्थापना भए पनि राम्रोसँग चल्न नसकेको अवस्थामा ओलीसँग सल्लाह गरेर अगाडि बढ्नका लागि सापकोटाले समय माग गरेका छन्। चिसो भएको सम्बन्धलाई न्यानो बनाउने यो मौकाको ताकचाहिँ सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेशका लागि छाड्न जाँदा त्रिभुवन विमानस्थललाई बनाए। 
प्रतिनिधि सभामा सरकारले ल्याएका बिजनेश अघि बढाउनका लागि समय माग गरेको सापकोटाले जनाए।

प्रतिनिधि सभा विघटनको विरोधमा सभामुख नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक गुटमा सक्रिय भएको भनी प्रधानमन्त्रीले आलोचना गर्दै आएका थिए।

उनले कतिपय कार्यक्रममा सभामुखले मुद्दा मामिला गरिरहेको भनी असन्तुष्टि मात्र व्यक्त गरेका थिएनन्, सेना दिवसको दिन बोलचाल पनि गरेका थिएनन्। 
प्रदेश प्रमुखको नियुक्ति शपथका बेला सभामुख राष्ट्रपति कार्यालयमा नजानुलाई पनि प्रधानमन्त्री ओलीसँगको चिसो सम्बन्धका रुपमा व्याख्या गरिन्छ।

सभामुखले समय माग गरेपछि ओलीले दिन्छन् या दिँदैनन् भन्ने केही खुलीसकेको छैन। तर दुवैको भेटवार्ता भएमा एउटा आइसब्रेक हुने बताइन्छ।