शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बैदेशिक लगानी आउने भन्दा बाहिरिने रकम बढि, महामारीमा लाभांस बाहिरिने दोब्बरले बृद्धि      

शुक्रबार, जेष्ठ २१ २०७८

काठमाडौं । महामारीका समयमा पनि  देशबाट बाहिरिने रकममा भने कमि आएको छैन । बरु यस्तो रकम गत वर्षको तुलनमा दोब्बरले बृद्धि भएको छ ।

अघिल्लो वर्ष  १२ अर्व ९० करोड बराबरको लाभांश फिर्ता लैजाने स्वीकृति दिईएकोमा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा  २५ अर्व ९२ करोड बराबरको लाभांष फिर्ता लैजाने स्वीकृति दिइएको छ ।

अर्थात गत वर्षको तुलनामा यस्तो रकम दोब्बरले बढेको छ। महामारीका समयमा पनि देशबाट बाहिरिने रकममा भने कमि आएको छैन । यद्यपि यो रकम बिदेशी कम्पनीले महामारीकै बिचमा कमाएको भने होइन । तर भित्रिने  बैदेशिक लगानी भने बाहिरिने रकमको तुलनामा बढि छ ।,

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षमा कूल १४ अर्व ७ करोड प्रत्यक्ष बैदेशिक लगानी लेखांकन भएकोमा चालु आर्थिक वर्षको पहिलो नौमहिनामा  २२ अर्व ४३ करोड बराबरको बैदेशिक लगानी लेखांकन भएको छ ।

यस्तै अघिल्लो आर्थिक वर्षमा  १ खर्ब ६५ अर्व ४९ करोड बराबरको वैदेशीक ऋण स्वीकृत भएकोमा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा  २१ अर्व २८ करोड बराबरको वैदेशिक ऋण स्वीकृत भएको छ ।

यस्तै गत तीन वर्षमा नेपाल भित्रिएको कुल प्रत्यक्ष विदेशी लगानीभन्दा सो अवधिमा मुलुकबाट बाहिरिएको लाभांश दोब्बर देखिन्छ ।

आर्थिक वर्ष २०७५÷७६ सम्मको विदेशी लगानीसम्बन्धी सर्वेक्षणका अनुसार आर्थिक वर्ष २०७३÷७४ देखि २०७५÷७६ सम्म नेपालमा करिब ४४ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको छ । सोही अवधिमा लाभांशबापत साढे ८४ अर्ब रुपैयाँ बाहिरिएको छ ।

र पछिल्ला वर्षमा भित्रिने लगानी घट्दो छ भने बाहिरिने लाभांश बढ्दो । पछिल्ला चार वर्षमा नेपालबाट बाहिरिएको लाभांश आर्थिक वर्ष २०७५÷७६ सम्म नेपाल आएको कुल विदेशी लगानी (चुक्ता पुँजीका आधारमा) भन्दा बढी हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५÷७६ सम्म लगानीमा रहेको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) कुल १ खर्ब ८२ अर्ब ९१ करोड रुपैयाँ छ । यो सबै रकम विदेशबाट आएको होइन ।

 त्यसमध्ये चुक्ता पुँजीका रूपमा रहेको रकम मात्र विदेशबाट आएको हो । बाँकी रकम लाभांश र कर्जाबापतको हो । आर्थिक वर्ष २०७५÷७६ सम्म नेपाल भित्रिएको विदेशी लगानीमा ८८ अर्ब १५ करोड रुपैयाँ मात्र चुक्ता पुँजी छ ।