झापा जिल्लाको मेचीनगर नगरपालिका ७ सतिघट्टास्थित सीमा ईलाकाबाट जेठ १८ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको दमक नगरपालिका ५ बस्ने २५ वर्षिय साजन भुजेल र सोही नगरपालिका १३ बस्ने ३० वर्षिय जीवन दंगाल छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सतिघट्टाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजापाम सिरिन्ज ३८ वटा, लुपिजेसिक सिरिन्ज ३८ वटा र प्रोमेथाजिन सिरिन्ज ३८ वटा फेला पारेको थियो । उनीहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।