बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेले मार्यो छलाङ 

बुधबार, जेष्ठ १९ २०७८

काठमाडौं । नेप्सेले छलाङ मारेको छ । अघिललो दिन घटेको नेप्से आज बुधबार एकैदिन ५५ दसमलव ७६ अंकले बढेर २८ सय २७ दसमलव १२ अंकमा चढेकोमा सेन्सिटिभ पनि सात दसमलव ८३ अंकले बढेर पाँच सय पाँच दसमलव १५ अंकमा चढेको छ । आज दुुई सय १९ वटा कम्पनीहरुको एक लाख १४ हजार दुई सय १६ वटा कारोवारमा दुुई करोड २६ लाख १३ हजार २९ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम ११ अर्ब ३५ करोड १८ लाख १५ हजार तीन सय ५६ रुपैयाँ पुुगेको छ । 
आज १३ वटा समुहको कारोवार भएकोमा सामुुहिक लगानी कोष समुहको सुुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । ति मध्ये बाँँणिज्य बैंक समुहको सुुचक आठ दसमलव आठ अंकले बढेर १८ सय ५७ दसमलव २० अंकमा पुुगेकोमा जलबिद्युत समुहको सुचक पनि ८१ दसमलव ८२ अंकले बढेर दुुई हजार नौ सय ४१ दसमलव एक अंकमा पुुगेको छ । यि बाहेक बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य र लगानी समुहको सुचक पनि बढेकाछन । 
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सानिमामाई हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राधी जलबिद्युुत कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने भने पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।