सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

एकनाले भरुवा बन्दुक सहित पक्राउ 

बुधबार, जेष्ठ १९ २०७८

नुवाकोट । बिदुर नगरपालिका–७ तुप्चे बस्ने २७ वर्षीय बिरमान तामाङलाई १ थान एकनाले भरुवा बन्दुक सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
उनको घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले लोड गरेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।