काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलकार दोहोरो अंकले घटेकोे छ । आज नेप्से ११.६८ अंकले घटेर दुई हजार सात सय ७१ दशमलब १५ विन्दुमा थामिएको छ ।
नेप्सेका अनुसार आज ८ अर्ब ५९ करोड ८१ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये ३ समूह बाहेक अन्य समूह घटेका छन् ।
आज बजार घटेपनि पाँच कम्पनीको शेयरमूल्यमा बृद्धि भएको छ । आज घटेको बजारमा शेयरमूल्यमा बृद्धि हुने कम्पनीहरुमा कालिका पावर कम्पनी, लुम्बिनी विकास बैंक, गुराँस फाइनान्स कम्पनी, समिट लघुवित्त वित्तिय संस्था र महालक्ष्मी विकास बैंक रहेका छन् ।
नेप्सेका अनुसार आज कालिका पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य लुम्बिनी विकास बैंकको ८.२५, गुराँस फाइनान्स कम्पनीको ७.९७, समिट लघुवित्त वित्तिय संस्थाको ७.८७ र महालक्ष्मी विकास बैंक ५.४३ प्रतिशतले शेयरमूल्य बढेको छ ।