सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ

सोमबार, जेष्ठ १७ २०७८

झापा । नौ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा झापा गाउँपालिका–१ लसुनगंज बस्ने २० वर्षीय पंकज यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
यादवले ती बालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।