शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

मेरो माइक्रोफाइनान्सको ६० हजार कित्ता शेयर लिलामीमा !

सोमबार, जेष्ठ १७ २०७८

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ६० हजार ४१८ कित्ता शेयर आजदेखि विक्रीमा आएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर जेठ ३१ गतेसम्मका लागि लिलामीमा आएको हो । 

यो शेयरको मूल्य प्रतिकित्ता रू. ५७२ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

यो शेयर बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताहरुले कम्पनीद्वारा जेठ १७ गतेपश्चात प्रस्ताव हुने लाभांश र हकप्रद शेयर प्राप्त गर्नेछन् । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।