साताको पहिलो कारोबार दिन हालसम्मकै उच्च कारोबार भएसँगै नेप्से परिसूचक नयाँ उचाइमा पुगेको छ। अर्थात यस दिन नेप्से परिसूचक र कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको छ।
नेप्से नयाँ उचाइमा पुगेसँगै यस दिन कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ। नेप्सेले नयाँ उचाइ चुमेसँगै १३ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ज्योति विकास बैंक, घलेम्दी हाइड्रो, आँखुखोला जलविद्युत, गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक शाइन डेभलपमेन्ट बैंक, सोल्टी होटल, आरियन्टल होटल, खानीखोला हाइड्रो, जोशी हाइड्रो लगायतका कम्पनीहरु परेका छन्।
यस दिन बरुण हाइड्रोको शेयरमूल्य सर्वाधिक ६.५६ प्रतिशत घटेको छ। त्यसैगरी, हिमालयन उर्जाको शेयरमूल्य ६.२६ प्रतिशत घटेको छ।