काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार २६ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो, राष्ट्र बैंकले भनेको छ ।
राष्ट्र बैंकका अनुसार जेठ १८ गते जारी मिती तोकिएको ट्रेजरी बैंक तथा फाईनान्स कम्पनीहरुले खरिद गर्न पाउनेछन । सो मध्ये ट्रेजरी मध्येमा ९१ दिने अवधिको पुरानो नवीकरण अन्र्तगत तीन अर्ब १३ करोड र नयाँ पाँच अर्ब समेत गरी आठ अर्ब १३ करोड, एक सय ८२ दिने अवधिको नयाँ छ अर्ब र तीन सय ६४ दिने अवधिको पुरानो नवीकरण अन्र्तगतको १२ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ भदौ १५ गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ मंसिर १४ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ जेठ १७ गते तोकिएको छ ।
यसअघि यही जेठ १० गते पनि २७ अर्ब २० करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गरिएको राष्ट्र बैंकले जनाएको छ ।