अपरसोलु हाइड्रोपावर लिमिटेडले सर्ब साधारणका लागी साधारण शेयर निष्कासन गर्ने भएको छ । यस हाइड्रो पावरको शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको ३,३०७५,०० लाख कित्ता निष्काशन गर्ने भएको हो ।
शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत चैत्र १६ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको थियो । कम्पनीको साधरण शेयरको बिक्री प्रबन्धकको NMB क्यापिटल लिमिटेडले गर्ने जनाएको छ ।