बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध सहित पक्राउ

शनिबार, जेष्ठ १५ २०७८

बर्दिया । बढैयाताल गाउँपालिका–३ भोलागौडी मान्झुण्डी सामुदायिक वन नजिकबाट ६ सय ९४ ग्राम अवैध लागूऔषध चरेस सहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका–६ सिमलघारी बस्ने २६ वर्षीय कमल बिश्वकर्मा, सोही ठाउँ बस्ने ३२ वर्षीय काली बहादुर चदारा र बर्दिया बढैयाताल गाउँपालिका–८ शितलाबजार बस्ने ४८ वर्षीय बल बहादुर कामी रहेका छन् । ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर लागूऔषध मुद्दामा आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।