काठमाडौं । सरकारले शुक्रबार प्रस्तुत गरेको आथिएक सर्वेक्षण सम्वन्धि रिपोर्ट अनुसार एक नेपालीको आय बार्षिक ११ सय ९६ डलर पुगेको छ । जुुन गत वर्षको तुलनामा ५ प्रतिशतले बृद्धि भएको छ ।
महामारीका बिचमा पनि सरकारले भने ब्यक्तिको आम्दानी बढेको बताएको छ । त्यस्तै खर्च योग्य प्रतिब्यक्ति आम्दानी भनेल १४ सय ८६ अमेरिकि डलर बराबर पुगेको छ ।
साथै सरकारले यो वर्ष ४ दशमलव शुन्य एक प्रतिशतको पनि आर्थिक बृद्धि हुन कठिन रहेको अर्थमन्त्रालयले जनाएको छ । गत फागुनमा तथ्यांक विभागले यो वर्ष ४ दशमलव शुन्य एक प्रतिशतको आर्थिक बृद्धि हुने जनाएको थियो । तर चैतबाट सुरु भएको दोस्रो लहर तथा यसले आर्थिक क्रियाकलाप ठप्प पारेकाले औसत खालको आर्थिक बृद्धि समेत हुन कठिन रहेको देखिएको हो ।
तर, अर्थतन्त्र संकुचनमा भने नजाने अर्थमन्त्रालयको दाबी छ । तर सरकारले भने यो वर्ष ७ प्रतिशतको आर्थिक बृद्धि हुने लक्ष्य लिएको थियो । अर्थमन्त्री बिष्णु पौडेलले यो वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै वैशाख १६ गतेबाट निषेधाज्ञा लगाएपछि यसअघि तथ्यांक विभागले आकलन गरे बमोजिमको आर्थिक बृद्धि नहुने जानकारी दिएका हुन् ।
गत वर्ष सुदुर पश्चीम र कर्णाली बाहेक सबै प्रदेशको आर्थिक बृद्धि संकुचनमा गएकामा यो वर्ष भने सबै प्रदेशले ३ दशमलव ५ प्रतिशतभन्दा माथिको आर्थिक बृद्धि गर्ने अर्थमन्त्रालयले बताएको छ । यसमध्ये पनि बागमती प्रदेशको सबैभन्दा बढि ४ दशमलव छ पाँच र प्रदेश दुईको ३ दशमलव पााँच दुई रहने अनुमान गरिएको छ।
धानको उत्पादनमा १ दशमलव तीन प्रतिशतले बृद्धि भएको छ । गत वर्ष कुल लगानी ३० दशमलव चार प्रतिशतले संकुचनमा आएकोमा यो वर्षको सोहि अवधिमा यस्तो लगानी १८ दशलमव एक प्रतिशतले बृद्धि भएको जनाएको छ ।
मुद्रास्फिीति ३ दशमलव पाँच प्रतिशत रहेको र जुन सिमाभित्रै रहेको सरकारको भनाई छ । गत वर्ष मुद्रास्फिती ६ दशमलव दुई प्रतिशत रहेको थियो ।
संघ प्रदेश र स्थानिय तहको कुल खर्च ११ खर्ब ९१ अर्ब रहेको छ । जसमध्ये ५६ प्रतिशत चालु र ३४ प्रतिशत पुँजीगत खर्च हो ।
बजेट घाटामा सुधार आएको सरकारको दाबी छ । संघिय सरकारको बजेट घाटा कुल गार्हस्थ उत्पादनको ८ दशमलव एक प्रतिशत रहेको छ । गत वर्षको सोहि अवधिको तुलनामा ६५ दशमलव पाँच प्रतिशतले सुधार आएर २९ अर्ब १६ करोड पुगेको छ।
फागुनसम्म तिर्न सार्वजनिक बाँकि ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड पुगेको छ । कुल गार्हस्थ उत्पादनको जुन ३७ दशमलव तीन प्रतिशत हो । चालु आर्थिक वर्षको फागुन १ खर्ब १२ अर्ब ५२ करोड बराबरको आन्तरिक ऋण परिचालन भएको छ ।
फागुनसम्म ७ अर्ब ४८ करोड अनुदान र ८५ अर्ब २ करोड ऋण गरि जम्मा ९२ अर्ब ५० करोड अन्तर्राष्ट्रिय बिकास सहायता परिचालन भएको छ ।