सिरहा । गोलबजार नगरपालिका–२ तेतरिया बस्ने २० वर्षीया सरिता देवि सदाको कुटपिटबाट मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी उनकै श्रीमान २२ वर्षीय ललित सदाले बिहीबार राति कुटपिट गर्दा शुक्रबार बिहान सरिताको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न ललितलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।