बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कप्तान चेम्जोङ: इराकविरुद्ध खेल्नु ठुलो अवसर

शुक्रबार, जेष्ठ १४ २०७८

इराक । राष्ट्रिय फुटबल टिम कप्तान किरण चेम्जोङले इराकविरुद्धको मैत्रीपूर्ण खेल नेपालका लागि ठुलो अवसर रहेको बताएका छन् ।

बिहिबार साँझ इराकी सञ्चार माध्यमसंग कप्तान चेम्जोङले मैत्रीपूर्ण खेलका लागि आफुहरुले राम्रो अभ्यास गरेको बताए ।

‘यो हाम्रो लागि ठुलो अवसर हो । यसका लागि राम्रो अभ्यास गरेका छौं ।’ उनले सञ्चारकर्मी समक्ष भने ।

मैत्रीपूर्ण खेलका लागि नेपाली टिम बुधबार इराक पुगेको हो । फुटबल टिमले बिहिबार साँझ सामान्य अभ्यास गरेको थियो ।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले शनिबार इराकसंग मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ ।

कप्तान चेम्जोङले आफुहरु खेलका लागि तयार रहेको समेत बताए ।

इराकसंगको मैत्रीपूर्ण खेलले विश्वकप छनोटमा सहयोग गर्ने उल्लेख गर्दै किरणले प्राप्त नतिजाले ठुलो अर्थ राख्ने बताए ।

‘पक्कैपनि खेलका लागि तयार छौं । यसले विश्वकप छनोटमा सहयोग गर्छ । यसले ठुलो अर्थ राख्छ ।’ उनले भने ।

नेपालले शनिबार स्थानीय समय अनुसार राति साढे ७ बजे इराकसंग मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ ।