काठमाडौं । ऋणीलाई अप्ठयारोमा पारेर घर देखि जग्गा हत्याउने बैंक कुन हो भनेर प्रश्न गर्न पर्छ र ? एनआइसि एसिया बैंक । निक्षेपमा सबैभन्दा कम ब्याज दिने र ऋणीबाट धेरै असुल्नेमा पनि यहि बैक पर्छ । यहि बैंकले फेरी अर्काे नयाँ बदमासी गरेको छ ।
साधारण बचतकर्ताको ब्याज घटाउन खोज्दा यसले राष्ट्र बैंकको निर्देशन बिपरित संस्थागत निक्षेपकर्ताको ब्याज घटाउन पुगेको छ । यसले संस्थागत निक्षेपमा दिने ब्याज तीन महिना भित्रै फेरबदल गरेको देखिएको छ । साधारण बचतमा दिने ब्याज महिनापिच्छै थपघट गर्न मिल्छ । तर संस्थागत निक्षेपको ब्याज भने थपघट मिल्दैन ।
यस्तो निर्देशन लत्याएमा बैंक तथा वित्तीय संस्था सम्वन्धि कानुनमा संसोधन र एकिकरण गर्न बनेको ऐन बमोजिम राष्ट्र बैंकले लाभासं वितरणमा रोक मात्रै होइन, कारोबारमा पुर्ण प्रतिबन्ध सम्म लगाउन सक्छ । तर, राष्ट्र बैंक अहिलेसम्म कुनै कार्वाहि नै गर्न सकेको छैन ।
बैंक तथा वित्त संस्थामा आफ्ना नातेदार घरपरिवारका सदस्य जागीर लगाउन पल्केका राष्ट्र बैंकका कर्मचारी यसलाई बाहिर ल्याउन र कार्वाहि गर्न भन्दा पनि गुपचुप राख्न चाहन्छन् । बेलाबेलामा आउने रक्सीका बोत्तल पनि नआउँला भन्ने भय उनिहरुमा उत्तिकै छ ।
तरलता अभावका बेलामा सस्ंथागत निक्षेपकर्ताले धेरै ब्याज बागर्नेनिङ गरेर पैसा एउटा बैंकबाट अर्काे बैंकमा सार्ने क्रम बढेपछि नेपाल राष्ट्र बैंकले २०७५ सालमा यस्ता संस्थाले बोलकबोलबाट पाउने ब्याज बैंकहरुले ३ महिनासम्म परिवर्तन गर्न नपाउने व्यवस्था गरेको थियो । जुन अहिले पनि कायमै छ ।
संस्थागत निक्षेपकर्ताले बैंक परिवर्तन गर्ने र ब्याजको बार्गेनिङ गर्ने क्रम बढेपछि ब्याजदर उकालो लागेको थियो । जसलाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको थियो ।
केहि दिन अघि राष्ट्र बैकले एकिकृत निर्देशन जारी गर्दै संस्थागत निक्षेपकर्ताबाट लिने रकमको ब्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाइने भनेर दोहोराएको छ । यहि बिचमा एनआइसी एसियाले भने राष्ट्र बैंकको निर्देशनको धज्जी उडाउँदै तीन महिनामा तीन दुई पटक ब्याजदर परिवर्तन गरेको छ ।
एनआइसि एसिया बैंकले फागनु महिनामा चैतमा दिने ब्याजदरको सूचि निकालको थियो । जसमा तीन महिना र यो भन्दा माथिको कर्जामा ७ प्रतिशत ब्याज दिने घोषणा गरेको थियो । चैतबाट लागु भएको यो ब्याजदर बैशाख महिनामा आएर परिवर्तन भयो । बैशाखमा यसले यो ब्याजदर आठ दशमलव दुई पाँच पु-यायो । यहासम्म पनि बैेंकको बदमासी मानिदैन । तर राष्ट्र बैंकले तीन महिना भित्रमा ब्याजदर परिवर्तन नगर्नु भन्ने निर्देशन दिदादिदै यसले जेठमा आएर यो ब्याजदर ६ दशमलव दुई पाँच कायम गर्याे ।
अहिले यसले साधारण बचतमा दिने ब्याजदर १ दशमलव पाँच दुई प्रतिशत छ। जुन बैशाखमा ३ दशमलव दुई पाँच प्रतिशत थियो । बैशाखमा सस्थागत निक्षेपको ब्याजदर आठ दशमलव दुई पाँच थियो । यसो गर्दा साधारण बचतको ब्याजदर र संस्थागत निक्षेप ब्याजदर बिचको अन्तर ५ प्रतिशत हुन आउँछ ।
अब जेठमा यसले निषेधाज्ञाका कारण लगानीमा बाधा पर्ने भन्दै सामान्य बचतकर्ताको ब्याज एक्कासी घटायो । साधारण बचतकर्ताको ब्याज घटाएपछि यसलाई पाँच प्रतिशतको सिमा कायम राख्न फेरी सस्थागत निक्षेपको ब्याज ६ दशमलव दुई पाँच कायम गर्याे । तर यसो गर्दा राष्ट्र बैकको निर्देशन नम्बर १५ मा रहेको सस्थागत निक्षेपको ब्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाइने बुदाको धज्जी उडेको छ ।