सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

बिहिबार, जेष्ठ १३ २०७८

काठमाडौं । गुल्मी, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुरुक्षेत्र गाउँपालिका–२ रुद्रबेणी बस्ने काका नाता पर्ने १९ वर्षीय पुरुषलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई घरमा खेलिरहेको अवस्थामा ललाई फकाई स्थानीय खरिया भन्ने स्थानको सार्वजनिक जंगलमा लगी मंगलबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
पाल्पाको आफ्नै ८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बगनासकाली गाउँपालिका–२ बस्ने ३१ वर्षीय पुरुषलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती पुरुषले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।