काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लहान शाखाबाट २५ लाख रुपैयाँको घातक रोगदावी भुक्तानी गरेको छ । कम्पनीका अनुसार बिहिबार सिरहा नगरपालिका लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन विमा वापतको रकम उनको भतिज गोविन्द अग्रवाललाई घातक रोग दावी रकम २५ लाख रुपैयाँ विमांक रकम वापत भुक्तानी गरिएको हो ।
शकुन्तला कुमारी पोद्दारले २०७६ असोज २७ गते २५ लाख रुपैयााँ बराबरको जीवन अमृत योजना खरिद गरेकी थिईन । दावी भुक्तनी कार्यक्रममा शाखा प्रमुख संजय कुमार सिंह ,सिनयर एजेन्सी मेनेजर मोहन झा र पोद्दारको सपरिवारको उपस्थिती रहेको थियो । बिमा दावी भुक्तानी लिदैगर्दा विमीतको भतिजा गोविन्द अग्रवालले घातक रोग दावी भुक्तानी सरल र सहज रुपमा पाएको बताएका छन् ।