शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

जिदानले छाडे रियल मड्रिड

बिहिबार, जेष्ठ १३ २०७८

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडेका छन्।

दोस्रो पटक क्लब सम्हालेका फ्रान्सेली प्रशिक्षक जिदानले यस सिजन उपाधि विहीन बनेपछि क्लब छाडेका हुन् ।

रियलले बिहीबार एक विज्ञप्ति निकाल्दै जिदानले क्लब छाडेको जनाएको छ ।

रियलले जिदानको निर्णयलाई सम्मान गरिने समेत जनाएको छ ।

जिदान सन् २०१९ मा रियलका मुख्य प्रशिक्षक बनेका थिए । प्रशिक्षक सान्टीयागो सोलारीलाई बर्खास्त गर्दै रियलले जिदानलाई प्रशिक्षक नियुक्त गरेको थियो ।

त्यसअघि जिदानले २०१६ देखि १८ सम्म रियलको टिम हेरेका थिए ।

जिदानको नेतृत्वमा रियलले ३ पटक च्याम्पियन्स लिग र २ ला लिगा जितेको छ ।

यस्तै उनले रियललाई २ पटक युएईएफए सुपर कप, २ पटक क्लब विश्वकप र २ पटक स्पेनिस सुपर कप जिताएका छन् ।

यस सिजन भने रियल ला लिगामा दोस्रो स्थानमा रहेको थियो ।

यस्तै च्याम्पियन्स लिगमा क्वाटरफाइनलसम्म मात्र पुगेको थियो ।