बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जर्जिन्हो वाइनाल्डम बार्सिलोनामा अनुबन्धित

बिहिबार, जेष्ठ १३ २०७८

एजेन्सी । लिभरपुलका मिडफिल्डर जर्जिन्हो वाइनाल्डम स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धित हुने भएका छन् ।

डच मिडफिल्डर वाइनाल्डमले बार्सिलोनासँग मौखिक सहमति गरिसकेको स्पेनिस मिडियाले जनाएको छ ।

वाइनाल्डमले बार्सिलोनासँग २०२४ सम्म बस्ने गरि सहमति जनाएको बताईएको छ ।

३० वर्षीय मिडफिल्डर र बार्सिलोनाबीच केहि दिनमा औपचारिक सम्झौता हुने बताईएको छ ।

वाइनाल्डमले यस सिजनको अन्त्यसँगै लिभरपुल छाडेका हुन् ।

उनलाई अनुबन्धका लागि बायर्न म्युनिखले समेत इच्छा देखाएको थियो । तर, वाइनाल्डमले बार्सिलोना रोजेको बताईएको छ ।

वाइनाल्डम न्युकासलबाट सन् २०१६ मा लिभरपुल आएका थिए ।