शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्से घटेपनि कारोवार रकम भने हालसम्म कै उच्च

बिहिबार, जेष्ठ १३ २०७८

काठमाडौं ।  आज बिहिबार नेप्से घटेपनि कारोवार रकम भने हालसम्म कै उच्च भएको छ । नेप्से आज एक दसमलव दुुई अंकले घटेर २८ सय १५ दसमलव ३९ अंकमा झर्दा सेन्सिटिभ पनि शुन्य दसमलव २८ अंकले घटेर पाँच सय तीन दसमलव ७० अंकमा झरेको छ । दुुई सय १५ वटा कम्पनीहरुको एक लाख ४७ हजार चार सय ९३ पटकको कारोवारमा चार करोड १८ लाख १३ हजार नौ सय ९४ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम १४ अर्ब ७६ करोड ८८ लाख आठ हजार चार सय ९२ रुपैयाँ पुुगेको छ । यो कारोवार रकम हालसम्म कै उच्च हो । 
आज १३ वटा समुहको कारोवार भएकोमा सात वटा समुहले कमाएपनि छ वटा समुहले भने गुमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ४६ अंकले घटेर १८ सय ५७ दसमलव पाँच अंकमा पुुगेकोमा जीवन बीमा, होटल तथा पर्यटन, लघुुबित्त, अन्य र लगानी समुहको सुचकहरु पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने आज एक सय १४ दसमलव तीन अंकले बढेर तीन हजार चार सय ५० दसमलव १० अंकमा पुुगेको छ भने जलबिद्युुत, निर्जिवन बीमा, टेडिङ, फाईनान्स, उत्पादनमुलक र सामुुहिक लगानी कोष समुहरुको सुचक पनि उच्च अंकले बढेकाछन । 
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा खानीखोला हाईड्रो पावर कम्पनी, परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समता लघुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अपी पावर लिमिटेड परेको छ ।