शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्राईम कर्मसियल बैंकद्धारा अस्पतालहरुलाई सहयोग 

बुधबार, जेष्ठ १२ २०७८

काठमाडौं । प्राईम कर्मसियल बैंकले बिभिन्न अस्पतालहरुलाई सहयोग गरेको छ । बैंकले सुदुर पश्चिम क्षेत्रको सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई क्रमश ६० थान तथा ४० थान अक्सिजन सिलिण्डर वितरण गरेकोमा कोभिड­१९ विरुद्घको लडाईमा संस्थाको सहयोगलाई निरन्तरता दिने क्रममा हाल कोभिड­१९ का विरामीहरुलाई प्रभावकारी ढंगले उपचार गर्दै आएको वीर अस्पताललाई करिव ३० लाख बराबरको पि.पि.इ सेट, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, स्यानिटाइजर, अक्सिजन ट्रली लगायतका सामाग्रीहरु सहयोग गरेको हो । 
बैकका अनुसार उक्त सामाग्रीहरु बंैकका संचालक मनोज पौडेलले कोभिड युनीफाइड केन्दि«य अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकिय अधिकृत डा. जागेश्वर गौतमलाई एक समारोहका बीच हस्तान्तरण गरेका हुुन । बैंकले कोभिड­१९ विरुद्घको लडाईमा गर्दै आएको सहयोगलाई भविष्यमा समेत जारी राख्ने जानकारी दिएको छ ।