काठमाडौं । पर्साको वीरगंज महानगरपालिका–१७ अलौ बस्ने ५० वर्षीय शेष सम्सोदिनलाई १ सय एमएलको ८८ पिस नियन्त्रित लागूऔषध ओनेक्स सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा घरको कम्पाउण्डमा बोरामा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
बाँकेको नरैनापुर गाउँपालिका–२ बेउचापुरबाट करिब ४७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने ५५ वर्षीय नौरंगीलाल सुनारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित बाटोमा हिँडिरहेको उनलाई लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र प्रहरी चौकी लक्ष्मणपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।