काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नको लागि रेटिङ सम्पन्न गरेको छ । कम्पनीले इक्रा नेपालमा रेटिङ गराएको हो ।
कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आर ट्रिपल बि रेटिङ दिएको हो । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको देखाउँछ । साथै, वित्तीय दायित्व बहन गर्ने क्षमता औषत मध्यम जोखिम रहेको देखाउँछ । कम्पनीले ७५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
त्यसैगरी, आइएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ र सन नेपाल लाइफले पनि आईपीओ निष्कासन गर्नको लागि रेटिङ गराएका छन् । यी कम्पनीले निष्कासन गर्ने आईपीओले ग्रेड ४ रेटिङ पाएका छन् । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।
बोर्डमा निवेदन दिन बाँकी सात ओटा कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्नेछन् ।