बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमालेको स्थायी कमिटीको बैठक जारी, यस्तो छ एजेण्डा !

सोमबार, जेष्ठ १० २०७८

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका सदस्यहरुमाथि कारवाही गर्ने बारे छलफल भएको बताइएको छ । 

बैठकमा यसअघि शनिबारको बैठकले स्पष्टीकरण सोधिएका झलनाथ माधव नेपालसहित ११ जनाले स्पष्टिकरण नबुझाएकाले थप कारवाही गर्ने बारे छलफल भइरहेको एक सदस्यले बतताएका छन् । 

अर्को स्पष्टीकरण सोध्ने वा अनुशासन उल्लंघनको आरोपमा निष्कासनको कारवाही गर्ने भन्ने बारे उक्त बैठकले टुंगो लगाउने बताइएको छ । आज रिट निवेदनमा २३ जना निवर्तमान सांसदले हस्ताक्षर गरेको विषयमा पनि गम्भीर छलफलल भइरहेको बताइएको छ ।