शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्से सुचक तथा कारोवार रकम दुबैले बनायो नयाँ रेर्कड

सोमबार, जेष्ठ १० २०७८

काठमाडौं । नेप्से सुचक तथा कारोवार रकम दुबैले नयाँँ रेर्कड बनाएको छ । साताको दोस्रो कारोवार दिन सोमबार नेप्से सामान्य अंकले बढेपनि कारोवार रकम भने हालसम्म कै उच्च रहेको छ । नेप्से तीन दसमलव सात अंकले बढेर २८ सय २३ दसमलव छ अंकमा पुगेको छ भने सेन्सिटिभ एक दसमलव ३१ अंकले बढेर पाँच सय आठ दसमलव ४९ अंकमा चढेको छ । आज दुुई सय १६ वटा कम्पनीहरुको एक लाख ३६ हजार चार सय ९९ पटकको कारोवारमा दुुई करोड ७१ लाख ४० हजार दुई सय दुई कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार एक सय ८८ रुपैयाँ पुुगेको छ । 
आज १३ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहले कमाएकाछन भने आठ वटाले गुमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव आठ अंकले बढेर १८ सय ८९ दसमलव नौ अंकमा चढेकोमा निर्जिवन बीमा, जलबिद्युुत, सामुुहिक लगानी कोष र लगानी समुहको सुचक बढेकाछन । बिकास बैंक समुहको सुचक भने आज ३२ दसमलव नौ अंकले घटेर तीन हजार तीन सय ८९ दसमलव २९ अंकमा झरेकोमा जीवन बीमा, फाईनान्स, लघुुबित्त, टेडिङ, होटल तथा पर्यटन, उत्पादनमुुलक र अन्य समुहहरुको सुचक पनि घटेकाछन । 
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बरुण हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एक्सेल डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनी परेको छ ।