बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दुुई अर्ब रुपैयाँको नागरिक बचतपत्रको बिक्री भोलिबाट

सोमबार, जेष्ठ १० २०७८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बार्षिक नौ प्रतिसत व्याजमा दुुई अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्री भोलि मंगलबारबाट गर्ने भएको छ । पाँच बर्षे अवधिको नागरिक बचतपत्र २०८३ (पाँच बर्षे) बिक्री कार्य सुरु हुुन लागेको राष्ट्र बैैकले जानकारी दिएको छ । 
राष्ट्र बैंकका अनुसार बचतपत्रको खरिद गरिसक्नुु पर्ने अवधि यही असार एक गतेसम्म तोकिएको छ । निष्काशन मिती असार छ गते तोकिएको बचतपत्रको सावाँ भुक्तानी मिती २०८३ असार छ गते रहेको छ । आर्जित व्याजमा व्याजकर लाग्ने बचतपत्रको व्याज भुक्तानी अर्धबार्षिकरुपमा हुने छ । 
बचतपत्र खरिद गर्नको लागि योग्यता पुुगेका सबै नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन । खरिद सिमा घटीमा १० हजार रुपैयाँ र बढीमा कुुल निष्काशित रकमको सिमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्ममा सिमा तोकिएको यो बचतपत्र धितो राखेर राष्ट्र बैंक बाहेकका अन्य बैंक तथा बित्तीय संस्थाहरुबाट ऋण समेत निकाल्न सकिने छ ।   

Lettr 2.JPG