काठमाडौं । नेप्सेले पहिलो कारोवार दिन नै छलाङ मारेको छ । नेप्से आज ३२ दसमलव ८१ अंकले बढेर २८ सय २० अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दसमलव २३ अंकले बढेर पाँच सय सात दसमलव २० अंकमा चढेको छ । नेप्सेमा आज दुुई सय २० वटा कम्पनीहरुको एक लाख २६ हजार एक सय २४ पटकको कारोवारमा दुुई करोड ५१ लाख ६३ हजार छ सय ६० कित्ता सेयर किनबेच हुंदा कारोवार रकम ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार सात सय २८ रुपैयाँ पुुगेको छ ।
आज १३ वटा समुहको कारोवार हुंदा तीन वटा सुचक घटेकाछन भने बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन । सो मध्ये बााँणिज्य बैंक समुहको सुचक ३३ दसमलव २९ अंकले बढेर १८ सय ८५ दसमलव एक चढेकोमा बिकास बैंक, जलबिद्युुत, जीवन बीमा, टेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहको सुचक बढेकाछन । निर्जिवन बीमा, होटल तथा पर्यटन र लघुबित्त समुहको सुचक भने घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलोे स्थानमा कर्णाली डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रुरु जलबिद्युुत कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।