सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

कुटपिटबाट मृत्यु, अभियुक्त प्रहरी नियन्त्रणमा 

आइतबार, जेष्ठ ९ २०७८

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माईती नेपाल चोक डेरा गरी बस्ने सोलुखुम्बु सोताङ गाउँपालिका–४ घर भएकी ५२ वर्षीया डोमा शेर्पाको कुटपिटबाट शनिबार राति मृत्यु भएको छ । 
 डोमा र उनका पति ६३ वर्षीय क्षेत्र शेर्पा बिच वादविवाद हुँदा श्रेत्रले कुटपिट गर्दा डोमा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि नारायणटारस्थित शखंरापुर अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । 
थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बौद्धबाट समेत खटिएको प्रहरीले अभियुक्त क्षेत्रलाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।