शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

साताको पहिलो दिन पाँच कम्पनीको शेयरमूल्य उच्च वृद्धि

आइतबार, जेष्ठ ९ २०७८

काठमाडौं । साताको पहिलो दिन आइतवार ग्रीन डेभलपमेण्ट बैंक सहित पाँच कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । कारोबारको दुई घण्टाको अवधिसम्म ग्रीन डेभलपमेण्ट बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सप्तकोशी डेभलपमेण्ट बैंकको ९ दशमलव ८४ प्रतिशत, सिनर्जी पावरको ९ दशमलव ८१ प्रतिशत, गोर्खाज फाइनान्सको ९ दशमलव ७७ प्रतिशत र सांग्रिला डेभलपमेण्ट बैंकको ९ दशमलव ५७ प्रतिशत बढेको छ । 

ग्रिन डेभलपमेण्ट बैंकको प्रतिकित्ता रू. २५ ले बढेर रू. २७५, सप्तकोशी डेभलपमेण्ट बैंकको प्रतिकित्ता रू. २४ ले बढेर रू. २६८, सिनर्जी पावरको प्रतिकित्ता रू. ३७ ले बढेर रू. ४१४, गोर्खाज फाइनान्सको प्रतिकित्ता रू. ६३ ले बढेर अन्तिम मूल्य रू. ७०८ र सांग्रिला डेभलपमेण्ट बैंकको प्रतिकित्ता रू. २७ ले बढेर अन्तिम मूल्य रू. ३०९ कायम भएको हो ।