शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

माधव नेपालले गरे नयाँ पार्टी खोल्ने घोषणा

आइतबार, जेष्ठ ९ २०७८

काठमाडौं l  नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ पार्टी गठन गर्ने भएको छ। 

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका कदमविरुद्ध आन्दोलनका लागि प्रतिपक्षी दलसँग सहकार्यमा  गरिरहेको यो पार्टीले नयाँ पार्टी गठन गर्न लागेको हो। 

‘केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्‍याउँदै हुनुहुन्छ । अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ।’ उनले कान्तिपुर दैनिकमा अन्तर्वार्तामा भनेका छन्। 

त्यस्तै पत्रकारको पश्नमा, ‘तपाईंको समूहका स्थायी कमिटी सदस्यहरू अहिले नि एकै ठाउँमा हुनुहुन्छ?’

नेपालको जवाफ छ, ‘को–को हुनुहुन्थ्यो भनेर नसोध्नुस्, हाम्रो स्थायी कमिटी बैठक बसेको थियो र हामीले यही निर्णय गर्‍यौं।’ पत्रकारको प्रतिपश्न छ, ‘यही निर्णय भनेको नयाँ पार्टी खोलेर जाने भन्ने हो?’

जवाफमा नेपाल फेरि भन्छन्, ‘स्वाभाविक हो नि।’

नेपाल पक्षको शनिबारको स्थायी कमिटी बैठकले ओलीको प्रतिगमनविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँमा जाने निर्णय गरेको थियो।

नेपालले पार्टी एकताका लागि गठन भएको कार्यदलको औचित्य समाप्त भएको बताएका छन्। ‘त्यो कार्यदलको औचित्य उहाँले सिध्याइदिनुभयो। यत्रो कार्यदल बनेको छ, सरसल्लाह गर्नुपर्दैन? सोध्दै नसोधी संसद् विघटन गर्ने? केही सल्लाह गर्नुपर्दैन ? अध्यादेश ल्याउनुअघि केही सल्लाह गर्नुपर्दैन?’ आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।