शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्से सुचक तथा कारोवार रकम दुुबैमा बृद्धि

बिहिबार, जेष्ठ ६ २०७८

काठमाडौं ।  नेप्से सुचक तथा कारोवार रकम दुबै नै बढेकाछन । आज बिहिबार नेप्से छ दसमलव ३७ अंकले बढेर २७ सय ८७ दसमलव १८ अंकमा चढेकोमा सेन्सिटिभ पनि दुुई दसमलव ८३ अंकले बढेर चार सय ९८ दसमलव ९७ अंकमा चढेको छ । आज दुुई सय १४ वटा कम्पनीहरुको एक लाख छ हजार तीन सय ९९ पटकको कारोवारमा दुुई करोड एक लाख ३३ हजार छ सय दुई कित्ता सेयर किनबेच हुंदा कारोवार रकम नौ अर्ब ३० करोड ५२ लाख २२ हजार चार रुपैयाँ पुगेको छ ।  
आज १३ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहको सुचक बढेर बाँकी आठ वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दसमलव ३४ अंकले बढेर १८ सय ५१ दसमलव ७२ अंकमा चढेकोमा बिकास बैंक, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । जलबिद्युत समुहको सुचक भने आज ४२ दसमलव २५ अंकले घटेर २७ सय ७० दसमलव ७८ अंकमा झरेकोमा लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टेडिङ, होटल तथा पर्यटन, उत्पादनमुुलक र लगानी समुहको सुचकहरु पनि घटेकाछन । 
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मञ्जुुश्री फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पाँचथर पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा भने पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।