बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पहिलो खोप लगाएकाले दोस्रो डोज गाउँमै लाउन मिल्ने

बिहिबार, जेष्ठ ६ २०७८

काठमाडौं l कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भेरोसिल खोपको पहिलो डोज लगाएर सहरबाट गाउँ पुगेकाले अब गाउँमै दोस्रो डोज लगाउन पाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार विभिन्न कारणले उपत्यका बाहिर गएकालाई सहज बनाउन मन्त्रालयले यस्तो व्यवस्था गर्न लागेको हो। 

जसका लागि भेरोसिल खोपको पहिलो मात्र लगाएको र दोस्रो मात्रा लगाउनु पर्ने व्यक्तिको लगत सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयहरुले तयार पारेर प्रदेशमार्फत् स्वास्थ्य सेवा विभागमा पठाउन अनुरोध गरेको छ।

‘भेरोसिल दोस्रो मात्रा खोप लगाउनुपर्ने व्यक्तिले आफ्नो स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत् जिल्ला स्वास्थ्य कार्यालयमा लगत टिपाउनु हुन अनुरोध छ’, सहप्रवक्ता डा. अधिकारीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ। आजको अन्नपूर्ण दैनिकमा खबर छ l