निषेधाज्ञाको अवधि र निषेधाज्ञा सकिएको एक महिनासम्म कर्जा उठाउने र लिलामीको सूचना निकाल्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेकाे छ । राष्ट्र बैंकले मंगलबार चालु बर्षको तेस्रो त्रैमासको मौद्रिक समीक्षा गर्दै यस्ताे निर्देशन दिएको हाे।
यो सँगै सो अवधि भर बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन नपाउने भएका हुन ।
नेपाल राष्ट्र बैंकले चालु बर्षको तेस्रो त्रैमासको मौद्रिक समीक्षा गर्दै निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा ब्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहित गरिने जनाएको छ।
यस बाहेक ब्याज पुँजीकरणको लागि राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका विद्युत परियोजनाको रिक्वायर्ड कमर्सियल अपरेसन डेट परिवर्तन भएमा त्यो अवधिको ब्याज पुँजीकरण गर्न राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने ब्यवस्था गरिएको छ