शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आज पनि २० अंकले बढ्यो नेप्से

सोमबार, जेष्ठ ३ २०७८

काठमाडौं । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार पनि उच्च अंंकले बढेको छ । नेप्से आज २० दसमलव ७१ अंकले बढेर २७ सय ५९ दसमलव २१ अंकमा चढेकोमा सेन्सिटिभ पनि चार दसमलव ४५ अंकले बढेर चार सय ९२ दसमलव ५८ अंकमा चढेको छ । दुुई सय १८ वटा कम्पनीहरुको एक लाख एक हजार नौ सय १८ पटकको कारोवारमा एक करोड ९० लाख ५६ हजार दुई सय ३६ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम नौ अर्ब ५७ करोड ६३ लाख ६१ हजार एक सय ३९ रुपैयाँ पुुगेको छ । 
आज १३ वटा समुहको कारोवार हुंदा तीन वटा समुहले गुमाएकाछन भने १० वटा समुहले कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव तीन अंकले बढेर १८ सय २१ दसमलव ८८ अंकमा चढेकोमा जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स, अन्य, लघुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहको सुचक पनि बढेकाछन । होटल तथा पर्यटन, बिकास बैंक र उत्पादनमुुलक समुहको सुचक भने घटेकाछन । 
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रुरु जलबिद्युुत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल बंगलादेश बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोवार भएको आधारमा भने आज नेपाल पुर्नबीमा कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेकाछन ।