शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि

सोमबार, जेष्ठ ३ २०७८

काठमाडौ, l अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार पनि उच्च अंंकले बढेको छ । नेप्से आज २० दसमलव ७१ अंकले बढेर २७ सय ५९ दसमलव २१ अंकमा चढेकोमा सेन्सिटिभ पनि चार दसमलव ४५ अंकले बढेर चार सय ९२ दसमलव ५८ अंकमा चढेको छ ।

दुई सय १८ वटा कम्पनीहरुको एक लाख एक हजार नौ सय १८ पटकको कारोवारमा एक करोड ९० लाख ५६ हजार दुई सय ३६ कित्ता सेयर किनबेच भएकाछन भने कुल कारोवार रकम नौ अर्ब ५७ करोड ६३ लाख ६१ हजार एक सय ३९ रुपैयाँ पुगेको छ । 
आज १३ वटा समुहको कारोवार हुंदा तीन वटा समुहले गुमाएकाछन भने १० वटा समुहले कमाएकाछन ।

सो मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव तीन अंकले बढेर १८ सय २१ दसमलव ८८ अंकमा चढेकोमा जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहको सुचक पनि बढेकाछन । होटल तथा पर्यटन, बिकास बैंक र उत्पादनमुलक समुहको सुचक भने घटेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रुरु जलबिद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल बंगलादेश बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोवार भएको आधारमा भने आज नेपाल पुर्नबीमा कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेकाछन ।