बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मर्जर प्रस्ताव पारित गर्न नेपाल सेवा लघुवित्तले बोलायो साधारण सभा

सोमबार, जेष्ठ ३ २०७८

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले छैठौं वार्षिक साधारण सभा जेठ २४ गते गर्ने भएको छ ।

सभा बिहान ११ बजे इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला- ८, सिन्धुपाल्चोकमा हुने छ । सभाले नेपाल सेवा लघुवित्त र विन लघुवित्त एकापसमा गाभिने प्रस्ताव छलफल गरी पारित गर्नेछ । 

साथै सभाले एकापसमा गाभिने प्रयोजनको लागि मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदनसमेतको आधारमा निर्धारण गरिएको शेयर आदानप्रदान अनुपात तथा मर्जर प्रस्ताव पनि पारित गर्नेछ ।