काठमाडौं । सोमबार कारोबारको आधा घण्टा नहुँदै तीन कम्पनीको शेयरमूल्य पोजेटिभ सर्किट लागेको छ । यो अवधिसम्म रूरू जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशत र राधी विद्युत कम्पनी र बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको हो ।
रूरू जलविद्युतको प्रतिकित्ता ८८ ले मूल्य बढेर अन्तिम मूल्य ९६८ र राधी विद्युत कम्पनीको प्रतिकित्ता ७० ले बढेर अन्तिम मूल्य ७७५ र बरुण हाइड्रोपावर कम्पनीको प्रतिकित्ता ३१ ले बढेर ३५५ कायम भएको छ ।